क्यानडामा ट्रक चालकले गरेको आन्दोलनप्रति प्रधानमन्त्री जस्टिनको आक्रोश



Download our app to get more features

ऐजेन्सी,२७ माघ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले देशभरिका ट्रक चालकले गरेको आन्दोलनप्रति आक्रोश व्यक्त गर्दै त्यसलाई 'अस्वीकार्य' भनेका छन् ।

ओटावास्थित संसद्‍मा बुधवार बोलेका ट्रुडोले कोभिड नियमहरूको बचाउ गरेका छन् ।

उनले भने,'अवरोध, गैरकानुनी प्रदर्शनहरू अस्वीकार्य छन् र तिनले व्यावसाय र उत्पादनमा नकारात्मक असर पारेका छन्। यसलाई अन्त्य गर्न हामीले सबथोक गर्नुपर्छ।'

त्यहाँको प्रहरीले समेत दुई सातादेखि राजधानी सहर ठप्प पारेका ट्रक चालकहरूलाई आपराधिक अभियोगमा पक्रन सक्ने चेतावनी दिएको छ।

ओटावाका सडक अवरोध पार्नेजस्ता कामलाई आपराधिक कार्य मान्न सकिने भन्दै प्रहरीले त्यस्तो काम बन्द गर्न वा अभियोग सामना गर्न तयार रहन सजग गराएको छ।

लरी चालकहरूले अनिवार्य रूपमा खोप लगाउनु पर्ने वा परीक्षण गर्नुपर्ने विषयलाई लिएर सुरु भएको प्रदर्शन अहिले निकै व्यापक भएको छ।

Last modified on 2022-02-10 11:49:34


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts