विश्वभर कोरोना संक्रमण हुनेको संख्या ४० करोड बढी



Download our app to get more features

एजेन्सी,२७ माघ । विश्वभर पछिल्लो २४ घन्टामा २४ लाख १३ हजार ४ सय ९१ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै विश्वभर कुल संक्रमितको संख्या ४० करोड ३४ लाख नाघेको छ ।

त्यस्तै सो अवधिमा नै ११ हजार ४ सय ३० जनाको मृत्यु भएको छ भने २३ लाखभन्दा बढी संक्रमणमुक्त भएका छन् । 

पछिल्लो २४ घण्टामा अमेरिकामा २ लाख २४ हजार भन्दाबढी, रुसमा १ लाख ८३ हजार, इटलीमा ८१ हजार, ब्राजिलमा १ लाख ८३ हजार संक्रमित थपिएका छन् ।

त्यसैगरी भारतमा पछिल्लो २४ घण्टामा ६५हजारभन्दा बढी संक्रमित थपिएका छन भने १२ सय ४१ जनाको मृत्यु भएको छ ।

पछिल्लो केही दिनदेखि अमेरिका र युरोपमा कोरोना संक्रमितको संख्या घट्न थालेको छ। 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts