स्टार अस्पतालद्वारा जेष्ठ नागरिकलाई घर घरमै स्वास्थ्य सेवा



Download our app to get more features

काठमाडौं,१ फागुन । ललितपुरको सानेपास्थित स्टार अस्पतालले Care Can’t Wait भन्ने मुल नाराका साथ जेष्ठ नागरिकहरुलाई गुणस्तरिय स्वास्थ्य सेवा घर घरमै उपलब्ध गराउने उद्देश्य अनुरुप Star Geriatric Health Service सेवा सञ्चालनमा ल्याएको छ ।

अस्पतालले उक्त सेवा अन्र्तगत घरमै ल्याब परिक्षण, फिजियोथेरापी सेवा, डाइट प्लान, चिकित्सकीय परामर्श, औषधि, ब्लडप्रेसर जाँच, शरिरमा अक्सिजनको मात्रा जाँच, पल्स, शरिरको तापव्रmम जाँच आदि सेवाहरु उपलब्ध हुने जनाएको छ । यदि अस्पताल जाँनु परेको अवस्थामा स्वास्थ्यकर्मी सहितको यातायात सेवा निःशुल्क उपलब्ध गराउने अस्पतालले जनाएको छ । 

उक्त सेवा प्राप्त गर्नका लागि अस्पतालले वार्षिक सदस्यता कार्डको व्यवस्था गरेको छ । अस्पतालले प्रतिव्यक्ति सदस्यता शुल्क ५ हजार र दम्पतिको सदस्यता शुल्क ८ हजार ८ सय ८८ रहेको बताएको छ । 

अस्पतालले Star Geriatric Health Service  सेवा सञ्चालनका लागि छुट्टै विभाग स्थापना गरेको छ । 

केहि समय अघि मात्रै अस्पतालले अत्याधुनिक पेट तथा कलेजो रोग विभाग (GI Center)सञ्चालनमा ल्याएको थियो । 

Last modified on 2022-02-13 11:14:20


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts