भारतमा घट्न थाले कोरोना संक्रमित,पछिल्लो २४ घन्टामा २७ हजार बढीमा संक्रमण पुष्टि



Download our app to get more features

ऐजेन्सी,३ फागुन । भारतमा दैनिक कोरोना संक्रमितको संख्या निरन्तर घट्न थालेको छ । पछिल्लो २४ घन्टामा भारतभर २७ हजार ४ सय ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जुन संख्या सोमबारको तुलनामा ६ हजार ७ सय ४ ले कम हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा ३ सय ४७ जना संक्रमितले ज्यान गुमाएको भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म भारतमा कोभिड-१९ बाट ५ लाख ९ हजार ३ सय ५८ जनाले ज्यान गुमाएका छन् ।

भारतमा जनवरी २१ गते तेस्रो लहर उत्कर्षमा पुग्दा एकैदिन ३ लाख ४७ हजार २ सय ५४ नयाँ संक्रमित थपिएका थिए ।  त्यहाँ ४४ दिनपछि दैनिक संक्रमितको संख्या ३० हजारमुनि झरेको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts