ब्लु क्रस अस्पतालमा उपचाररत फुटबलर मनिष डाँगी डिस्चार्ज



Download our app to get more features

काठमाडौं,३ फागुन । त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पतालमा उपचाररत फुटबलर मनिष डाँगी डिस्चार्ज भएका छन् । गत शनिबार दशरथ रंगशालामा मच्छिन्द्र र च्यासलविरुद्धको खेलमा मनिष घाइते भई अस्पताल भर्ना भएका थिए । 

उक्त खेलमा खेलाडी यान्निक केचासँग ठोक्किएर मैदानमा ढलेका मनिष करिब ६ मिनेट बेहोस भएका थिए । उनको टाउकोमा चोट लागेको थियो ।

डाँगीको उपचारमा बरिष्ठ डाक्टर,न्युरो सर्जन डा.हेमभ राजभण्डारी,डा.राजेन्द्र श्रेष्ठको समुह खटिएको थियो । उनको सबै रिपोर्ट नर्मल रहेको अस्पतालले जनाएको छ । 

Last modified on 2022-02-15 16:32:25


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts