बलिउडका गायक तथा संगीतकार बप्पी लहरीको निधन



Download our app to get more features

ऐजेन्सी,४ फागुन । बलिउडका गायक तथा संगीतकार बप्पी लहरीको मंगलबार राती ६९ वर्षको उमेरमा निधन भएको छ । उनको मुम्बईको जुहुस्थित क्रिटी केयर अस्पतालमा उपचारको क्रममा निधन भएको हो । 

मंगलबार राति स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । बप्पीको निधन पछि अस्पतालले बयान जारी गर्दै उनमा अब्सट्रक्टिभ स्लीप ऐप्नीया र छातीमा संक्रमण भएको जनाएको छ । 

भारतिय सञ्चार माध्यमका अनुसार उनी पछिल्लो एक महिनादेखि अस्पतालमा भर्ना भएका थिए । दुई पटक कोरोना संक्रमण भएर निको भएका उनी लामो समयदेखि अस्वस्थ थिए।

बलिउडमा आफ्नो पचास वर्ष लामो करियरमा ६ सय ५० भन्दा बढि फिल्म तथा सयौं गीति एल्बममा संगीत दिइसकेका बप्पी लहिरी संगीतकारका साथै गायक पनि हुन् ।

उनले सन् १९७०-८० को दशकमा फिल्ममा डिस्को थीमवाला कयौं गीत दिएका थिए।

बप्पी लहरीको जन्म २७ नोभेम्बर सन् १९५२ मा पश्चिम बंगालको शहर जलपाईगुडीमा भएको थियो ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts