बंगलादेशमा १० करोड जनाले लगाए कोरोनाविरुद्धको खोप



Download our app to get more features

एजेन्सी, ५ फागुन । बंगलादेशले कोरोनाविरुद्धको खोपको पहिलो डोजसहित १० करोडभन्दा बढी मानिसलाई खोप लगाएको छ। आधाभन्दा बढी खोप चीनको सिनोफार्मबाट लिइएको हो।

स्वास्थ्य सेवा महानिर्देशनालयको व्यवस्थापन सूचना प्रणालीका अनुसार फेब्रुवरीसम्ममा १० करोड ११ लाख ९० हजार ८९० जनाले खोपको पहिलो डोज लगाएका छन्। जसमध्ये ५ करोड २० लाख ८४ हजार ४४२ जनाले चिनियाँ खोप लगाएको अधिकारीहरूले बताएका छन्।

त्यसैगरी करिब ७ करोड जनाले दुवै मात्राको खोप लगाइएका छन्। जसमा मंगललबारसम्म ४ करोड ६९ लाख ५९ हजार २०३ ले सिनोफार्म प्राप्त गरेका छन्। बंगलादेशले गत जनवरीमा महामारी नियन्त्रण गर्ने उद्देश्यले कोभिड खोप अभियान सुरु गरेको थियो।

Last modified on 2022-02-17 14:06:20


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts