विश्वमा कोरोना संक्रमण दर घट्दै 



Download our app to get more features

एजेन्सी, ८ फागुन । विश्वमा कोरोना संक्रमण घट्दै गएको छ । एक साताअघि दैनिक २० लाखको हाराहारीमा संक्रमित थपिने गरेको थियो । त्यो संक्रमण दर घट्दै गएको छ ।

पछिल्लो २४ घण्टामा १५ लाख २८ हजार १ सय मा संक्रमण पुष्टि भएको छ। अघिल्लो दिन १९ लाखमा संक्रमण पुष्टि भएको थियो।

पछिल्लोपटक भेटिएका संक्रमितमध्ये रुसमा १ लाख ७९ हजार, जर्मनीमा १ लाख १७ हजार, ब्राजिलमा १ लाख ३ हजार, अमेरिकामा ३२ हजार ८ सय र भारतमा १८ हजार ४ सय मा संक्रमण पुष्टि भएको छ।

यसैबीच पछिल्लो २४ घण्टामा ७ हजार ५ सय जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृतकमध्ये ब्राजिलमा ८ सय २७, रुसमा ७ सय ९८, भारतमा ६ सय ७३, अमेरिकामा ४ सय ९४ जनाको मृत्यु भएको छ । 

यस्तै‚ मेक्सिकोमा ४ सय र दक्षिण अफ्रिकामा ३ सय जनाको मृत्यु भएको छ । योसहित विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ५८ लाख ९९ हजार ९ सय पुगेको छ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts