भारतमा १६ हजार ५१ जना नयाँ कोरोना संक्रमित थपिए



Download our app to get more features

एजेन्सी,९ फागुन । भारतमा पछिल्लो २४ घण्टामा १६ हजार ५१ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । 

केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार योसँगै भारतमा कोरोना संक्रमित हुनेको संख्या ४ करोड २८ लाख ३८ हजार ५ सय २४ पुगेको छ ।

सोही अवधिमा ३७ हजार ९ सय १ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ४ करोड २१ लाख २४ हजार ९ सय ८४ पुगेको छ । 

त्यस्तै कोरोनाभाइरसबाट भारतमा पछिल्लो २४ घण्टामा २ सय ६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ लाख १२ हजार १ सय ९ पुगेको छ । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts