विश्वभर कोरोना संक्रमण दर घट्दै 



Download our app to get more features

एजेन्सी,१० फागुन । विश्वमा कोरोना संक्रमित हुनेका संख्या घट्दै गएको छ । पछिल्लो २४ घण्टामा विश्वमा १२ लाख ३९ हजार मानिसमा मात्र कोरोना पुष्टि भएको छ।

पछिल्लो पटक थपिने संक्रमितमा सबैभन्दा धेरै रसियामा १ लाख ५२ हजार, जर्मनीमा १ लाख ११ हजार, जापानमा ७२ हजार, टर्कीमा ८५ हजार, अमेरिकामा २१ हजार र भारतमा ११ हजार छन् ।

यस्तै‚ सोही अवधिमा विश्वमा ६ हजार ७७ जनाको मृत्यु भएको छ । रसियामा ७ सय ३५, ब्राजिलमा ३ सय ३३ र अमेरिकामा २ सय २२ जनाको मृत्यु भएको छ । कोरोनाबाट हालसम्म विश्वभर ५९ लाख ८ हजारको मृत्यु भएको छ । हाल विश्वर ६ करोड ७३ लाख सक्रिय संक्रमित छन्।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts