नर्भिक अस्पतालमा निःशुल्क ओपिडी सेवा पुन: सुरु हुने



Download our app to get more features

काठमाडौं,१३ फागुन । थापाथलिस्थित रहेको नर्भिक इन्टरनेशनल अस्पतालले  निःशुल्क ओपिडी सेवा पुनः सुरु गर्ने भएको छ । कोरोना संक्रमणका कारण रोकिएको निःशुल्क ओपिडी सेवा पुनः सुरु गर्न लागिएको अस्पतालले जनाएको छ । 

नर्भिक अस्पतालले कोरोनाको तेश्रो लहर सुरु हुनु अघिदेखि प्रत्येक शनिवार विभिन्न विशेषज्ञ चिकित्सकहरुबाट प्रत्येक शनिवार निःशुल्क ओपिडी सेवा संचालन गर्दै आएको थियो । 

अस्पतालले सेवा सुरु गर्न लागेसँगै भोलि (शनिवार) यूरोलोजीको निःशुल्क ओपिडी सेवा सञ्चालन गर्दै छ । ओपिडीमा प्रा.डा. रविन जोशी,डा.इशान मल्ल नेतृत्वको यूरोसर्जरी तथा यूरोलोजी टिमले सेवा दिदैछन् । 

पहिला बिहान १० देखि १२ बजेसम्म सञ्चालन हुने निःशुल्क ओपिडी सेवा अबदेखि बिहान ९ः३० बजेदेखि ११ः३० बजेसम्म सञ्चालन हुने अस्पतालले जनाएको छ ।

निःशुल्क ओपिडी सेवामा मृगौला, मूत्रनली र मूत्रथैलीमा पत्थरी र क्यान्सर, प्रोस्टेट, अण्डकोष र हर्नियाको समस्या भएका बिरामीहरुले परामर्श लिन सक्नेछन् । 

ओपिडी सेवा लिन चाहनेले नर्भिक अस्पतालको कल सेन्टरको नम्बर ५९७००३२ तथा ह्वाट्स वा भाइबरबाट नाम टिपाउन चाहनेले ९८८०८८८००० मा सम्पर्क गरेर आफ्नो नाम अग्रिम टिपाउन सकिने अस्पतालले जनाएको छ । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts