कोरोना संक्रमणदर कम भएसँगै यूएईमा लागू गरेका नियमहरु खुकुलो हुँदै



Download our app to get more features

एजेन्सी,१६ फागुन । यूएईमा कोरोना संक्रमणदर कम भएसँगै कोरोना नियन्त्रण गर्न लागू गरेका नियमहरु  खुकुलो हुँदै गएको छ । 

मार्च १ देखि लागू हुने गरी अब घरबाहिर वा सार्वजनिक स्थलमा अनिवार्य मास्क लगाउनुपर्ने नियम हट्ने भएको छ । तर बन्द ठाउँ अर्थात् घरभित्र ९इनडोर  धेरै भेला भएको अवस्थामा भने मास्क अनिवार्य नै हुनेछ । 

यस्तै कोरोना पोजेटिभ भएकासँग कन्ट्र्याक्ट ट्रेसिङमा परेकालाई पनि अनिवार्य क्वरेण्टिनको नियम हट्ने यूएईको राष्ट्रिय आपतकालीन संकट व्यवस्थापन समितिले जनाएको छ । 

यूएईमा कोरोना पोजेटिभ देखिएकाहरुले आइसोलेशनमा बस्नुपर्ने नियममा भने कुनै परिवर्तन गरिएको छैन । त्यस्तै यूएई प्रवेश गर्ने यात्रुले पूर्ण मात्रा खोप लगाएको भए खोप लगाएको प्रमाण र खोपको पूर्ण मात्रा नलगाएकाहरुले भने ४८ घण्टाभित्रको पीसीआर नेगेटिभ रिपोर्ट देखाउनुपर्ने छ।
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts