युक्रेन-रुस युद्ध: युक्रेनको अस्पतालमा उपचार सेवा प्रभावित



Download our app to get more features

एजेन्सी, १८ फागुन । युक्रेनमाथि रुसले गरेको आक्रमणका कारण अस्पतालमा उपचार सेवा प्रभावित भएको छ ।

रुसले युक्रेनमाथि आक्रमण गरेको ६ दिन पूरा भएको छ । यो ६ दिनको अवधिमा युक्रेनको अस्पतालमा भर्ना भएका बिरामीहरूको उपचार सेवा प्रभावित भएको बताइएको छ । 

युक्रेनको खारकिव सहरमा रहेको सबैभन्दा ठूलो अस्पताल ओखमादितमा बिरामीका लागि आवश्यक सामग्री अभाव हुन थालेको छ । कारण, युद्धको  क्रममा घाइते भएका र युद्धमा ज्यान जोगाउनका लागि हिँडेका सर्वसाधारण गोलिबारीमा परी घाइते भएर अस्पताल भर्ना हुने क्रम बढेको छ ।

अस्पतालमा भर्ना हुने क्रम बढेसँगै आवश्यक पर्ने स्वास्थ्य सामग्री अभाव हुन थालेको छ । 

सोमवार रुसी सेनाले खारकिवको अस्पताल ओखमादितलाई लक्षित गरेर आक्रमण समेत गरेको बीबीसीले लेखेको छ । तर, अस्पताललाई कुनै क्षति भने भएन । 

आक्रमणको जोखिमलाई ध्यानमा राखेर अस्पताल प्रशासनले अधिकांश बिरामीलाई अस्पताल कै तल्लों तहमा रहेको बंकरमा सारिसकेको छ । 

रुसी सेनाको आक्रमणमा परी सोमवार चिकित्सा शिक्षा अध्ययन गर्न युक्रेन पुगेका एकजना भारतीय विद्यार्थीको मृत्यु भएको छ ।

नेपालका पनि विद्यार्थि युक्रेन चिकित्सा शिक्षा अध्ययनका लागि डेका छन् । तर, उनीहरूको प्रस्ट जानकारी आएको छैन ।

Last modified on 2022-03-02 16:05:34


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts