नारी दिवसको अवसरमा नर्भिकले बाँझोपन र स्त्री रोगको निःशुल्क शिविर गर्ने



Download our app to get more features

काठमाडौं,१८ फागुन ।  नारी दिवसको अवसरमा नर्भिक इन्टरनेशनल अन्र्तगतको नर्भिक आइभिएफ सेन्टरले निःशुल्क बाँझोपन र स्त्री रोगको शिविर गर्ने भएको छ । सेन्टरले यही फागुन २१ गते शनिवार बृहत निःशुल्क स्वास्थ्य शिबिर गर्ने जनाएको हो । 

बरिष्ठ स्त्री रोग तथा बाँझोपन बिशेषज्ञ एवम् ल्याप्रोस्कोपिक सर्जन डा.नुतन शर्मा सहितको टिमले आगामी शनिवार बिहान १० देखी ४ बजेसम्म बिरामीहरुको बाँझोपन  तथा स्त्री रोग सम्बन्धमा निःशुल्क स्वास्थ्य परीक्षण,स्वास्थ्य परामर्श तथा उपचार गर्ने अस्पतालले जनाएको छ ।

प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले नेपाली समाजमा बाँझोपनको समस्या बिकराल बन्दै गइरहेका बेला गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचलाई अभिवृद्वि गर्ने उद्देश्यले एकदिने निःशुल्क स्वास्थ्य शिबिर गर्न लागिएको बताए । 

शिविरमा निःशुल्क स्वास्थ्य परीक्षण र परामर्शका साथै टिभिएसमा २० प्रतिशत छुट तथा ल्याब परीक्षणमा १० प्रतिशत छुटको अफर समेत ल्याइएको मिश्राले बताए।

शिबिरमा सहभागी भएका बिरामीको परीक्षणमा शल्यक्रिया गर्नुपर्ने भए स्त्री रोगसम्बन्धी ल्याप्रोस्कोपिक सर्जरीमा बिरामीलाई अप्रेशन शुल्कको २० प्रतिशतसम्म छुट दिइने अस्पतालले जनाएको छ। 

नर्भिक अस्पतालको आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत विशेष पर्व, उत्सव तथा दिनहरुमा स्वास्थ्य जाच लगायतका सेवाहरुमा छुटको अफर यसअघिदेखि नै सार्वजनिक गर्दै आएको छ। 

यस्तै, नर्भिकले विगत लामो समयदेखि प्रत्येक शनिवार कुनै विशेषज्ञ चिकिसत्क नेतृत्वको टिमलाई परिचालन गरी निःशुल्क ओपिडी अभियान समेत संचालन गर्दै आएको छ। निःशुल्क ओपिडी पछिल्लो समय सर्वसाधारणमा निकै लोकप्रिय रहेको छ। 


 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts