विश्वभर कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ६० लाख नाघ्यो, यी मुलुकमा सङ्क्रमित बढ्दै



Download our app to get more features

एजेन्सी, २१ फागुन । विश्वभर कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ६० लाख नाघेको छ ।

कोरोना सम्बन्धी तथ्याङ्क अद्यावधिक गर्दै आएको वर्ल्ड मिटरका अनुसार गत २४ घन्टामा विश्वभर ७ हजार ९ सय १० जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ६० लाख ९ हजार २ सय १३ पुगेको छ । 

गत २४ घन्टामा सबैभन्दा धेरै अमेरिकामा १ हजार ४ सय ५४ जनाको मृत्यु भएको छ भने रुसमा ७ सय ७६ जनाको मृत्यु भएको छ । यस्तै ब्राजिलमा ६ सय ९७, मेक्सिकोमा ४ सय ६१, इन्डोनेशियामा ३ सय २८, भारतमा २ सय ८८, जापानमा २ सय ५७ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

यस्तै विश्वभर गत २४ घन्टामा विश्वभर १६ लाख ४३ हजार ८ सय ९८ जना नयाँ सङ्क्रमित थपिएका छन् । गत २४ घन्टामा सबैभन्दा धेरै दक्षिण कोरियामा २ लाख ६६ हजार ८ सय ३८, जर्मनीमा २ लाख ३ हजार ९ सय ७४, भियतनाममा १ लाख २५ हजार ५ सय ८७, रुसमा ८९ हजार १ सय ७४, जापानमा ७० हजार ९ सय ५८ र नेदरल्याण्डमा ६८ हजार ३ सय ९ जना नयाँ सङ्क्रमित थपिएका छन् । 

योसँगै विश्वभर कोरोनाका कारण सङ्क्रमित हुनेको सङ्ख्या ४४ करोड ३७ लाख ४ हजार ९ सय १२ पुगेको छ । 

गत २४ घन्टामा विश्वभर रहेका सक्रिय सङ्क्रमित मध्ये १७ लाख २० हजार १ सय २३ जना स्वस्थ भएका छन् । योसँगै हालसम्म विश्वभर कोरोनाका कारण सङ्क्रमित भएकामध्ये ३७ करोड ६६ लाख ४७ हजार ४ सय ४६ जना स्वस्थ भइसकेका छन् ।

Last modified on 2022-03-06 06:20:30


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts