भारतमा पछिल्लो २४ घन्टामा ५ हजार ४ सय ७६ कोरोना संक्रमित थपिए



Download our app to get more features

 एजेन्सी,२२ फागुन । भारतमा पछिल्लो २४ घन्टामा ५ हजार ४ सय ७६ कोरोना संक्रमित थपिएका छन् । अहिले भारतमा दैनिक कोरोना संक्रमितको सङ्ख्या घट्दै गइरहेको छ ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयले आइतबार जानकारी अनुसार सोही अवधिमा ९ हजार ७ सय ५४ कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन्। 

भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट सक्रमणमुक्त हुनेको सङ्ख्या ४ करोड २३ लाख ८८ हजार ४ सय ७५ पुगेको छ।

त्यस्तै कोरोनाभाइरसका कारण भारतमा अहिलेसम्म ५ लाख १५ हजार ३६ को मृत्यु भएको छ। 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts