भारतमा ४ हजार ३ सय ६२ कोरोना संक्रमित थपिए 



Download our app to get more features

ऐजेन्सी,२३ फागुन । भारतमा पछिल्लो २४ घन्टामा थप ४ हजार ३ सय ६२ कोरोना संक्रमित थपिएका छन् । 

भारतको सङ्घीय स्वास्थ्य मन्त्रालयका अनुसार सोही अवधिमा ९ हजार ६ सय २० कोरोनाभाइरसबाट संक्रमणमुक्त भएका छन् । 

भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट संक्रमणमुक्त  हुनेको संख्या सङ्ख्या ४ करोड २३ लाख ९८ हजार ९५ पुगेको छ । कोरोनाभाइरसका कारण भारतमा अहिलेसम्म ५ लाख १५ हजार १ सय २ को मृत्यु भएको छ । 

त्यस्तै पछिल्लो २४ घन्टामा भारतमा ६६ जनाको  मृत्यु भएको छ ।  पछिल्लो समय भारतमा कोरोना संक्रमणदर दैनिक घट्दै गइरहेको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts