नारी दिवस

आफ्नो स्वास्थ्य बलियो बनाइराख्नका लागि महिलाले के–के कुरामा ध्यान दिने ?



Download our app to get more features

नारी दिवस मनाइरहँदा नारीहरूको स्वास्थ्यको पनि विशेष ख्याल गर्नुपर्छ । कारण, उनीहरूको स्वास्थ्य कमजोर भयो भने पुरै परिवार नै बिरामी महसुस गर्न थाल्छन् । घरपरिवार, समाज, कामकाज सबैतिर ध्यान दिनुपर्दा महिलामा बढी स्वास्थ्य समस्या पनि निम्तिन सक्छ ।

आफ्नो व्यस्तताका कारण स्वास्थ्यमा ध्यान दिन नसकेका कारण पनि महिलामा विभिन्न स्वास्थ्य समस्या देखिने गर्छ । उनीहरूले आफ्नो अध्ययन, विवाह, बच्चा, समाज, रोजगारी जस्ता कुराहरूमा धेरै समय दिने हुँदा स्वास्थ्यको भने ख्याल नगरेको देखिन्छ । तर, विभिन्न जिम्मेवारी सँगसँगै महिलाहरूले आफ्नो स्वास्थ्यलाई पनि समय दिन आवश्यक छ । त्यसका लागि महिलाहरूले यी कुराहरूमा ध्यान दिन आवश्यक छ :

१.तनाव कम गर्ने
महिलामा तनावको समस्या बढी हुने गरेको विभिन्न अध्ययनले देखाएको छ । जसले गर्दा उनीहरूको स्वास्थ्यमा सिधा असर हुने गर्छ । कुनै व्यक्तिले आफ्नो अध्ययन, करियरको बारेमा चिन्ता लिनु सामान्य हो । तर, यसैको बारेमा धेरै तनाव लिएर भने बस्न नहुँने जानकारहरू बताउँछन् । 

धेरै तनाव लिँदा डिप्रेसन, इन्जाइटी साथै हृदयघात हुने जस्ता खतरा बढ्ने गर्दछ । तनावलाई कम गर्नका लागि मेडिटेसन वा योगाहरू पनि गर्न सकिन्छ । 

२. पर्याप्त मात्रामा पानी पिउने
स्वास्थ्यलाई राम्रो राख्नका लागि धेरै मात्रामा पानी पिउने गर्नु पर्दछ । धेरै पानी पिउनाले शरीरमा अक्सिजनको मात्रा पूरा हुने गर्दछ । 

हाम्रो शरीरको ८ प्रतिशत भाग पानीले ओगटेको हुन्छ । शरीरको अङ्ग वा कोशिकाहरूले राम्रोसँग काम गर्नका लागि धेरै पानीको आवश्यक हुन्छ । त्यसैले धेरै मात्रामा पानी पिउदा शरीर राम्रोसँग चल्नका लागि पनि पानी पर्याप्त मात्रामा पिउनुपर्छ । 

३. निद्रा पूरा हुनेगरी सुत्ने 
दिनभरको काम र थकाइका कारण निद्रा पूरा भएन भने पनि स्वास्थ्यमा समस्या देखिन सक्छ । त्यसकारण राति सुत्दा पर्याप्त मात्रामा सुत्दा हाम्रो शरीरलाई फाइदा पुग्ने गर्दछ । स्वास्थ्यका लागि निद्रा महत्त्वपूर्ण रहेको जानकारहरू बताउँछन् ।

राम्रोसँग निदाउँदा मष्तिक वा शरीर राम्रोसँग चल्न पाउछन् । महिलाहरूको हकम भन्ने हो भने उनीहरू राम्रोसँग नसुतेको देखिन्छ । उनीहरू घरको काम रातिसम्म गर्ने र बिहान पनि चाँडै उठने गर्दछन् । त्यसले गर्दा उनीहरूको स्वास्थ्यमा समस्या देखिन सक्दछ । 

४.राम्रो खाना खाने
शारीरिक आवश्यकता अनुसार सन्तुलित र पोषणयुक्त खानपान महिलाले गर्नुपर्छ । तर, प्रायः महिलाको खानपान स्वस्थकरभन्दा पनि भागदौडका कारण जङ्क फूडरूरु खाने गर्छन् । तर, जङ्क फूडले विभिन्न स्वास्थ्य समस्या निम्त्याउँछ । स्वास्थ्य राम्रो राख्नका लागि ताजा खाना खाने गर्नुपर्दछ । जस्तै ताजातरकारी, फलफूल आदि खानेकुरा खाने गर्नुपर्दछ । 

५.आफ्नो शरीर सुन्ने
स्वास्थ्य राम्रो राख्नका लागि आफ्नो शरीरको कुरा सुन्न आवश्यक छ । यदि शरीर थाकेको जस्तो महसुस भएमा तत्कालै आराम गर्नुपर्दछ । यदि शरीर थाकिरहँदा पनि हामीले काम गर्न थाल्यौं भने खाना नरुच्ने जस्ता समस्याहरु देखा पर्दछन् । खाना नखाएपछि त्यसले हाम्रो स्वास्थ्यमा नराम्रो असर पुर्याउने गर्दछ साथै शरीरलाई कमजोर बनाउने गर्दछ । 

६.दैनिक २० देखि ३० मिनेसम्म हिँड्ने
स्वास्थ्य राम्रो राख्नका लागि दैनिक २० देखि ३० मिनेसम्म हिँड्ने गर्नु पर्दछ । यदि समय भएमा घरमै शरीरिक बयाम गर्ने साथै जीमहरु पनि जार्नुपर्दछ ।  

७.भिटामिन युक्त खाना खाने
पुरुषको तुलनामा महिलाको शरीरमा भिटामिनहरू कम हुने गरेको पाइन्छ । यसले सधैभरी भिटामिन युक्त खानेकुराहरु खाने गर्नुपर्दछ । त्यसले हामीलाई बिरामी हुनबाट बचाउन सक्दछ । हामीले क्यालसियम, भिटामिन डि, आइरन, भिटामिन सी, भिटामिन बी आदि पाइने खानेकुरा धेरै मात्रामा खाने गर्नुपर्दछ । 

८.फाइबर युक्त खाना खाने
स्वास्थ्यका लागि फाइबर युक्त खाना खाने गर्नुपर्दछ । हाम्रो डाइजेसन अर्थात् पाचनप्रणाली, राम्रो छाला स्वास्थ्य राम्रो राख्नका लागि फाइबर युक्त खाना खान आवश्यक छ । त्यसैले डाइटमा फाइबर युक्त खाना छान्नु पर्दछ । 

९.वार्षिक रुपमा आफ्नो डाक्टरसँग परामर्श लिने
महिलाहरुले वार्षीक रुपमा आफ्नो डाक्टरसँग परामर्श लिने र पूरै शरीरको चेकजाँच गर्नुपर्छ  । यदि २१ वा सो भन्दा माथिको भएमा प्रत्येक ३ वर्षमा सर्भाइकल क्यान्सरको लागि प्याप टेस्ट गराउने साथै ३० देखि २५ वर्षको उमेर भएमा प्रत्येक ५ वर्षमा प्याप टेस्ट गराउने वा एचपीभी टेस्ट दुवै गराउन सकिन्छ । 

१०.सधै खुशी रहने 
महिलाहरू सधै खुशी वा सकारात्म हुन आवश्यक छ । जुनसुकै जिम्मेवारीमा रहेका महिलाहरू खुशी भएर बस्नुपर्छ । त्यसले गर्दा परीवारको हिम्मत बढ्ने गर्दछ । यदि केहि समस्या भएमा परिवारलाई खुलेर बताउने गर्नुपर्दछ ।
 

Last modified on 2022-03-09 11:28:42


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts