चीनमा कोरोना संक्रमण फेरि तीव्र रुपमा फैलिएपछि सांघाईका विद्यालयहरु बन्द



Download our app to get more features

एजेन्सी,२९ फागुन । चीनमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण फेरि तीव्र रुपमा फैलिन थालेको छ । चीनमा आइतबार  करिब ३ हजार ४ सय नयाँ संक्रमित फेला परेका छन् ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार नयाँ संक्रमितहरुको यो संख्या सन् २०२० को फेब्रुअरी महिनापछिको सबैभन्दा बढी हो । संक्रमितको संख्या ह्वात्तै बढेपछि सांघाईका विद्यालयहरु बन्द गरिएको छ ।

अहिले विश्वभर कोरोना संक्रमितहरुको संख्या ४४ करोड ६६ लाख भन्दा बढी छ । त्यस्तै मृतकको संख्या लगभग ६० लाख रहेको छ । 

Last modified on 2022-03-13 14:08:58


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts