पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामालाई कोरोना संक्रमण



Download our app to get more features

काठमाडौं,३० फागुन । पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामा कोरोना संक्रमित भएका छन् ।  ओबामाले आफूलाई कोरोना संक्रमण भएको जानकारी ट्वीटरमार्फत दिएका हुन् ।  

उनले ट्वीटमा लेखेका छन्, ‘मेरो कोभिड टेष्ट पोजेटिभ आएको छ । केही दिनदेखि मेरो घाँटी दुखेको थियो तर म ठीक महसुस गरिरहेको छु । मिसेल र म भ्याक्सिनेसन तथा बुस्टर डोजका लागि आभारी छौं । मिसेलको टेष्ट नेगेटिभ आएको छ । यदि तपाईले भ्याक्सिन लगाउनुभएको छैन भने लगाइहाल्नुहोस् । भलै, संक्रमण केसहरु कम भएका किन नहुन् ।’


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts