भारतमा पछिल्लो २४ घन्टामा २ हजार ५ सय ३ कोरोना संक्रमित थपिए



Download our app to get more features

एजेन्सी,३० फागुन । भारतमा पछिल्लो २४ घन्टामा २ हजार ५ सय ३ कोरोना संक्रमित थपिएका छन् । 

भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार दिएको जानकारी अनुसार सो समयमा नै कोरोना संक्रमणबाट थप २७ जनाको मृत्यु भएको छ ।

भारतमा हालसम्म कूल कोरोना संक्रमितको संख्या ४ करोड २९ लाख ९३ हजार ४ सय ९४ रहेको छ भने ५ लाख १५ हजार ८ सय ७७ को मृत्यु भएको छ।  

स्वास्थ्य मन्त्रालयका अनुसार सोही अवधिमा ४ हजार ३ सय ७७ कोरोनाभाइरसबाट संक्रमणमुक्त भएका छन् । योसँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट  संक्रमणमुक्त हुनेको  सङ्ख्या ४ करोड २४ लाख ४१ हजार ४ सय ४९ पुगेको छ ।

त्यस्तै  भारतमा अहिले सक्रिय संक्रमितको संख्या भने ३६ हजार १ सय ६८ रहेको छ । 


 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts