नर्भिक नर्सिङ कलेजका ९० प्रतिशत विद्यार्थीले निकाले विशिष्ट श्रेणीमा नतिजा



Download our app to get more features

काठमाडौं,१ चैत । नर्भिक इन्टरनेशनल अस्पतालको भगिनी संस्था नर्भिक इन्स्टिच्यूट अफ नर्सिङ एजूकेसनले दक्ष जनशक्ति उत्पादनमा समेत राम्रो नतिजा प्रदर्शन गर्दै आएको छ । यो क्रममा सन् २०१७ को बिएसी नर्सिङको ब्याचका ९० प्रतिशत विद्यार्थीले विशिष्ट श्रेणी हासिल गरेका छन् । 

नर्भिक इन्स्टिच्यूट अफ नर्सिङ एजूकेसन नवौं ब्याचका ३० मध्ये २७ विद्यार्थीले विशिष्ट श्रेणी तथा बाँकी ३ जनाले पहिलो श्रेणीको अंकसहित ऐतिहासिक सफलता हात पारेका हुन् ।

यो ब्याचमा समावेश कुल विद्यार्थीमध्ये ९० प्रतिशतले विशिष्ट श्रेणीसहित उत्तीर्ण हुनु उत्साहको विषय रहेको नर्भिक इन्स्टिच्यूट अफ नर्सिङ एजूकेसनका प्रमुख कार्यकारी अधिकृत कुलानन्द(केएन) शर्माले जानकारी दिए ।  

‘कोभिड पेण्डामिकको बेलाका चुनौतिका बाबजुद पनि हाम्रा विद्यार्थीहरुले गरेको मेहेनतको नतिजा उत्साहपूर्ण आउँदा हामी खुशी छौं ।’ उनले भने,‘कुल विद्यार्थीमध्ये ९० प्रतिशतले विशिष्ट श्रेणीमा कोर्स उत्तीर्ण गरेर हाम्रा मेहेनती विद्यार्थीहरुले रेकर्ड बनाएका छन् ।’ 

विज्ञान विषय लिएर प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेका विद्यार्थीहरुले यो कोर्स पढ्न पाउँछन् । नर्भिक इन्स्टिच्यूट अफ नर्सिङ एजूकेसनमा विगत लामो समयदेखि बिएससी नर्सिङ, बिएन नर्सिङ र पिसीएल नर्सिङका कोर्सहरु संचालन हुँदै आएका छन् । 

Hamro Doctor
Last modified on 2022-03-15 12:18:08


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts