चीनमा कोरोना संक्रमण बढ्न थालेपछि ११ सहरमा लकडाउन



Download our app to get more features

एजेन्सी,१ चैत । पछिल्लो समय चिनमा कोरोना संक्रमणदर बढ्दो छ । मंगलबार मात्र चीनमा ५ हजार २ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार सबैभन्दा धेरै संक्रमित जिलिन प्रान्तमा देखिएको छ। जिलिनमा मात्रै तीन हजार बढी संक्रमित थपिएका छन् । 

चीनमा कोरोना संक्रमण बढ्न थालेपछि कम्तीमा पनि ११ सहर र काउन्टीमा लकडाउन गरिएको छ। झन्डै ३ करोड चिनियाँहरू अहिले लकडाउनमा बस्न बाध्य भएका छन् । 

‘जिरो कोभिड’को रणनीति अपनाएर चिनियाँ अधिकारीहरूले कडा लकडाउन लागू गरेका छन् । 

चीनमा  ६ दिनयता दैनिक १ हजार बढी संक्रमित थपिरहेको समाचार संस्था एएफपीले जनाएको छ।

Last modified on 2022-03-16 09:00:13


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts