गर्मीमा अनुहारलाई चम्किलो राख्न अपनाउनुस् यी घरेलु उपाय...



Download our app to get more features

गर्मी बढेसँगै हामीलाई अनेक किसिमका चिन्ताले सताउन थाल्छ । विशेषगरी अनुहारसँग सम्बन्धित समस्याले बढी सताएको देखिन्छ । गर्मी मौसममा अनुहारको चम्किलो पन बनाइ राख्नका लागि छालालाई नरम बनाइ राख्नु आवश्यक हुन्छ । जसका लागि छालालाई पोषणको आवश्यक्ता बढी हुन्छ ।

घरमै बनाइएको काक्रोको फेश प्याक, गोलभेँडाको रस, बेसार, बेसन, दही र कागतीको रसले बनाइएको फेस प्याक तपाईंको छालाको लागि सबैभन्दा उत्तम हुन्छ । यसले तपाईंको छालामा निखार आउनुका साथै चम्किलो पनि बनाइ राख्नमा मद्दत गर्छ । 

नियमित रुपले अनुहारको हेरचाहसँग सम्बन्धित केही फेश प्याकहरू जुन सजिलै घरमा बनाउन सकिन्छ ती घरेलू प्याकको साथै अनुहारको सफाई, टोनिङ्ग र मोइश्चराइजिङ्ग पनि हुन्छ ।

तरभुज, काक्रो, स्ट्रोबेरी र आलूको प्रयोगले घर बसेरै फेशियल गर्न सकिन्छ । यी सबै सामानको प्रयोगले तपाईंको अनुहारमा ताजगीको अनुभव हुनुका साथै छालालाई  स्वस्थ राख्ने काम गर्छ । यसले गर्मीको मौसममा छालालाई शितलता प्रदान पनि गर्छ । यसले अनुहार चम्किलो बनाउनुका साथै रङ्ग पनि सफा गर्छ । 

गोलभेँडालाई कपालमा पनि प्रयोग गर्न सकिन्छ । यसले कपालमा चमक आउनुका साथै घामबाट पनि सुरक्षा प्रदान गर्छ । 

छालालाई हानिकारक पराबैगनी किरणबाट जोगाइ राख्नका लागि गर्मीको समयमा विशेष ध्यान दिनुपर्छ । किन की चर्को घामले गर्दा सन वर्न, दाग बस्ने जस्ता समस्या हुन सक्छ । 

कागती फेश प्याक
एउटा कागतीलाई दुई टुक्रा बनाएर काट्ने । आधा टुक्रालाई अनुहारमा गोलकार रुपले घुमाउँदै मल्ने । कम्तिमा पाँच मिनेट सम्म यो अभ्यास गर्नुपर्छ, त्यसपछि चिसो पानीले अनुहार धुने । कागतीको रस भिटामिन सी ले भरपूर हुन्छ । जसले छालाको कालो रङ्गलाई गोरो बनाउँछ । साथै दही र बेसारको पेस्ट पनि प्रयोग गर्न सकिन्छ । 

काक्रोको ओभरनाइट फेश प्याक : काक्रोको ओभरनाइट (रातभरि) फेस प्याक बनाउनका लागि सबैभन्दा पहिले मिक्सरमा काक्रोको रस निकाल्ने । त्यसपछि काक्रोको रसमा गुलाब जल र ग्लिसिरीन समान मात्रामा मिसाउने । पेस्टलाई धेरै पतलाो नबनाई बाक्लो नै रहन दिने । अब उक्त पेस्टलाईँ राति सुत्नु भन्दा पहिले अनुहारमा लगाउने र रातभरि रहन दिने । बिहान उठेर सफा पानीले अनुहार धुने र हातले थपथपाएर सुकाउने । केही दिन मै तपाईंले आफ्नो अनुहारको रङ्गमा धेरै नै परिवर्तन भएको अनुभव गर्न सक्नु हुने छ । 

घ्यूकुमारी, काक्रो र चन्दनले बनेको फेस प्याक प्रयोग गर्नाले छालामा भएको कालोपना हटाई चम्किलो बनाउँछ ।

 

(सौन्दर्य विद सरिता शर्मासँग गरिएकाे कुराकानीमा आधारित) 

Last modified on 2022-03-20 10:42:49


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts