विश्व क्षयरोग दिवश

कस्ता व्यक्ति क्षयरोगको बढी खतरामा छन् ? यसबाट बच्न के गर्ने ?



Download our app to get more features

काठमाडौं । क्षयरोग अर्थात ट्युवरकुलोसिस (सामान्य बोलीचालीमा टिबि) माइकोब्याक्टेरिएम ट्युबरकुलोसिस (Mycobacterium tuberculosis) भन्ने सुक्ष्म जीवाणुको संक्रमणबाट लाग्ने सरुवा रोग हो । क्षयरोग मुख्यतया फोक्सोको रोग हो । 

क्षयरोगको जीवाणु हाछ्युँ गर्दा वा खोक्दा हावा सँगै एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्छन् ।

क्षयरोगका जीवाणु स्वस्थ व्यक्तिको शरीरमा प्रवेश गरेपछि संक्रमित व्यक्तिको प्रतिरोधात्मक क्षमता हेरिकन केही महिना देखि एक वर्ष सम्ममा यो रोगका लक्षण देखापर्न थाल्छन् ।

क्षयरोग हुँदा यस्ता लक्षण देखि सक्छन :
 -लगातार खोकी लाग्ने तथा खोकीमा रगत देखिने ।
 -सरिरको वजन घट्ने ।
 -फोक्सोमा पीडा महसुस हुने ज्वरो आउने आदि ।
यदी सहि उपचार नभएमा रोगीको मृत्यु हुन सक्छ ।

कस्ता व्यक्ति क्षयरोगको बढी खतरामा छन् ?
-केटाकेटी किशोर किशोरी र वयस्क जो सुकै पनि क्षयरोग संक्रमणको सिकार बन्न सक्छन् ।
-रोगी सँग बारम्बार सम्पर्कमा आइरख्ने जस्तै चिकित्सक र रोगीको परिवार ।
-धेरै भिडभाड र रोगसंक्रमित क्षेत्रका बासिन्दा ।
-अल्कोहल लगायतका मध्यपान र धुम्रपानको कुलतमा लागेका हरु र बढि धुलो धुवामा बस्नेहरु ।
-एड्स रोगी जसको रोगप्रतिरोधात्मक क्षमता हुदैन ।

क्षयरोगबाट बच्न के गर्ने ?
-धुम्रपान मध्यपान नगर्ने ।
-बालबालिकाहरुलाइ उचित समयामा बिसिजि को खोप लगाउने ।
-रोगका लक्षण देखिएमा जचाएर उपचार गर्ने र रोगको संक्रमण अरुमा फैलिन नदिने ।
-हाछ्युँ गर्दा र खोक्दा मुख छोप्ने ।

Last modified on 2022-03-24 12:35:13


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts