नर्भिक अस्पतालमा विश्वस्तरीय कस्मेटिक एण्ड डर्माटोलोजी सेन्टर सञ्चालनमा 



Download our app to get more features

काठमाडौं,१४ चैत । नर्भिक इन्टरनेशनल अस्पतालले विश्वस्तरीय कस्मेटिक एण्ड डर्माटोलोजी सेन्टर संचालनमा ल्याएको छ । 

अस्पतालले केही समयअघिदेखि एम हाउस परिसरमा निर्माण भएको नयाँ भवनमा कस्मेटिक एण्ड डर्माटोलोजी सेन्टर संचालनमा ल्याएको हो । 

कस्मेटिक, स्कीन तथा कपालसँग सम्बन्धित समस्या भएकाहरुलाई लक्षित गरी नेपालमै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पतालले व्यवस्थित डर्माटोलोजी सेन्टर स्थापना गरेको अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले जानकारी दिए । 

उनका अनुसार हाल यो सेन्टरमा डा. सिरपा बज्राचार्य नेतृत्वको टिमले सेवा दिन थालेको छ । 

छालामा भएका विभिन्न समस्याहरु acne, scars, warts, exzema, psoriasis, skin cancer, skin infection, skin biopsy, moles/skin growth, dermatologic surgery, skin allergies  भएकाले नर्भिकमा आएर अत्याधुनिक सेवा लिन सक्नेछन् । 

यस्तै botox, medi peel, hydra facial, laser hair removal, laser scar reduction, fillers, collagen induction therapy, non surgical face tigthening, platelet rich plasma therapy, laser removal of moles, skin tags, warts जस्ता सेवाहरु समेत नर्भिक कस्मेटिक एण्ड डर्माटोलोजी सेन्टरमा उपलब्ध हुने डा. बज्राचार्यले बताइन ।

नर्भिकले विगत ७ वर्षदेखि डा. सिरपाकै नेतृत्वमा स्किनसँग सम्बन्धित स्वास्थ्य समस्याको ओपिडी संचालन गर्दै आएको थियो । अहिले त्यही सेवालाई बिस्तार गरी कस्मेटिक समेत थपेर वृहत रुपमा नयाँ ढंगले सञ्चालन गरेको हो । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts