स्वास्थ्य सुविधाको अभावमा श्रीलंकाको अस्पतालले रोक्यो शल्यक्रिया सेवा



Download our app to get more features

ऐजेन्सी,१६ चैत ।  स्वास्थ्य सुविधाको अभावमा श्रीलंकाको एउटा अस्पतालले शल्यक्रिया रोकेको छ । 

श्रीलंकाको क्यान्डीको पेराडेनिया अस्पतालले स्वास्थ्य सुविधा अभाव भएपछि शल्यक्रिया रोकेको हो । 

अस्पतालले जारी गरेको परिपत्रमा भनिएको छ, ‘हाम्रो अस्पतालमा एनेस्थेसिया र शल्यक्रियाका लागि प्रयोग हुने धेरै औषधि र उपभोग्य वस्तुको अभाव छ । भर्ना भएका बिरामीको शल्यक्रियालगायतका सबै नियमित शल्यक्रियाहरू स्थगित गर्ने निर्णय भएको छ ।’ 

अस्पतालले औषधिको अभाव देखाउँदै सबै नियमित शल्यक्रियाहरू अस्थायी रूपमा रोकेको बताएको छ ।  

Last modified on 2022-03-30 16:23:02


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts