बालबालिकाको आँखामा एलर्जी हुने कारण र जोगिने उपायबारे जानौं



Download our app to get more features

बालबालिका भनेको यस्तो उमेर समूह हो, जुन निकै संवेदनशील मानिन्छ । किनकी यो उमेरमा उनीहरूको स्वास्थ्यको ख्याल अभिभावकले गर्नु पर्छ ।  

उनीहरूको खानपानदेखि आँखाको हेरचाह, पेटको हेरचाह हरेक कुरामा विशेष ध्यान दिनुपर्छ । कारण, यी कुरामा ध्यान दिइएन भने ठूलो समस्या निम्तिन सक्छ ।

विशेष गरी पाँच वर्षसम्मका बालबालिकाको आँखामा  एलर्जी हुने समस्या बढी देखिने भएकाले सतर्क रहनु पर्छ ।

बच्चाहरूमा एलर्जीका कोषिकाहरू धेरै हुने भएकाले यो उमेर समूहका बालबालिकामा एलर्जी देखिने सम्भावना उच्च हुन्छ ।

सबैभन्दा बढी गर्मी महिनामा बालबालिकाका आँखामा एलर्जी देखिन्छ यो उमेर समूहका बालबालिकामा हरेक वर्ष आँखामा एलर्जी देखिन सक्छ ।

बच्चाहरूमा एलर्जीका कोषिकाहरू धेरै हुन्छन्, त्यसैले खासै आत्तिनु पर्दैन । आँखामा एलर्जी भएपछि संयमता भने अपनाउनुपर्छ । 

बालबालिकामा एलर्जी भए के गर्ने ? आँखारोग विशेषज्ञ डाक्टर वेन लिम्बु यसो भन्छन् :   
यो उमेर समूहका बालबालिकामा एलर्जीका कोषिकाहरू धेरै हुने भएकाले एलर्जीले सताइरहन्छ । 

आँखामा एलर्जी हुँदा आँखा रातो हुने, आँखा धमिलो हुने, आँखाको डिल सुनिने, आँखाबाट सेतो पदार्थ निस्कने जस्ता समस्या देखिए चिकित्सककहाँ जानुपर्छ । यस्तो बेला घाम र धूलोमा हिँड्नुहुँदैन् ।

घाम र धूलोमा केमिकल बढी हुने भएकाले आँखाको संक्रमण बढ्ने खतरा बढी हुन्छ । धूलो र घामले एलर्जी बढाउँछ । 

एलर्जी कम गर्ने औषधिको प्रयोग गर्नुपर्छ । चिकित्सकको सल्लाहअनुसार औषधि लगाएपछि एलर्जी चाडै सञ्चो  हुन्छ ।

 बाहिर हिँड्दा आँखाको सुरक्षाका लागि चस्माको प्रयोग गर्न सकिन्छ । जसले गर्दा कीटाणु सिधै आँखामा छिर्न पाउँदैनन् । 

बाहिर गएर आएपछि साबुन पानीले हात राम्रोसँग धुनुपर्छ । दिनको तीनपटक आँखा सफा पानीले विस्तारै धुनुपर्छ ।

Last modified on 2022-04-01 07:34:27


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts