गर्मी बढेसँगै फूड पोइजनिङ्गको समस्या बढ्दो, जोगिनका लागि ध्यान दिनुस् यी कुरामा



Download our app to get more features

गर्मी मौसम बढेसँगै मानिसहरुमा फूड पोइजनिङ्ग, अर्थात् खाना अपच हुने समस्या बढ्न थाल्छ । कारण, यो समयमा बाहिरको खाना बढी खाने र स्वस्थकर खाना नहुँदा त्यसले खाना पचाउन समस्या गराउँछ । वर्षायाम सुरु हुने बेला र गर्मी मौसम भएकाले यो समस्या बढी देखिन सक्छ । त्यसकारण खानपानमा विशेष ध्यान दिनु पर्छ ।

दुषित भोजन, राम्रोसँग नपाकेको भोजन लगायतको सेवनबाट फूड पोइजनिङ्ग हुने गर्छ । यो एक यस्तो प्रकारको समस्या हो जसको उपचार आफैँ गरेर एक दुई दिन या एक हप्तामा निको हुन सक्छ । 

फूड पोइजनिङ्गको सामान्य लक्षणहरु वान्ता हुनु, वाकवाकी लाग्नु, मुखमा अमिलो पानी आउनु लगायत हुन् । फूड पोइजनिङ लामो समय रहने रोग नभए पनि गर्भवती महिला, बालबालिका र बृद्धबृद्धाहरुलाई भने यसले धेरै नै समस्यामा पार्छ । 

फूड पोइजनिङ भएको बेला अत्याधिक पानी, चिया वा जुस पिउनु पर्दछ । यसले तपाईंको शरीरमा हुने निर्जलिकरणलाई कम गर्न मद्धत गर्दछ । 

फूड पोइजनिङबाट बच्न यी कुरामा ध्यान दिनुहोस् :

  • मादकपदार्थ, दुध या कफिनयूक्त पेय पदार्थ नपिउनुहोस् ।  
  • नरम खाद्य पदार्थ सेवन गने । जस्तैः भात, केरा, टोस्ट आदी । यदि खोकी लागेको छैन भने दही पनि सेवन गर्न सकिन्छ ।
  • मसलेदार, अत्याधिक चिल्लो र उच्च फ्याटयूक्त खानेकुरा नखानुहोस् ।  
  • आफ्नो खानामा प्रोबायोटिक्स् समाबेस गर्नुहोस, यसले राम्रा व्याक्टेरियालाई पुनः ल्याउन मद्धत गर्दछ ।  
  • हरियो खानेकुराहरु, तुलसीको पात, धनिया, जीरा खानुहोस् । 
  • पानी पिउँदा सकेसम्म उमालेको वा शुद्धिकरण गरेर पानीको अत्यधिक सेवन गर्ने । 
  • हरियो तरकारी, सागपात, फलफूललाई राम्रोसँग सफा पानीले पखालेर मात्रै सेवन गर्ने । तरकारीहरु राम्रोसँग पकाएर खानुपर्छ ।
  • सम्भव भएसम्म आराम गर्नुहोस्, किनभने फुड पोइजनिङले थकानलाई बढाउँछ ।  
  • यति गर्दा पनि स्वास्थ्यमा सुधार नआएमा चिकित्सकसँग परामर्श गरेर औषधि सेवन  गर्नुपर्दछ । 
Last modified on 2022-04-02 19:09:52


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts