विश्वका यी मुलुकमा कोरोना सङ्क्रमणको दर बढ्दै, मृत्यु हुनेको सङ्ख्या २ हजारमा झर्यो



Download our app to get more features

एजेन्सी, २० चैत । विश्वभर कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको सङ्ख्या ४९ करोड नाघेको छ । 

कोरोना सम्बन्धी तथ्याङ्क अद्यावधिक गर्दै आएको वल्र्ड मिटरका अनुसार गत २४ घन्टामा विश्वभर १० लाख ६ हजार ८ सय ५७ जना नयाँ सङ्क्रमित थपिएका छन् ।

गत २४ घन्टामा विश्वभर थपिएका सङ्क्रमितमध्ये सबैभन्दा धेरै दक्षिण कोरियामा २ लाख ६४ हजार ९७, फ्रान्समा १ लाख ३२ हजार १ सय १४ र जर्मनीमा १ लाख २८ हजार ६ सय ३९ जना रहेका छन् ।

योसँगै विश्वभर कोरोनाका कारण सङ्क्रमित हुनेको सङ्ख्या ४९ करोड ७ लाख १४ हजार ८ सय ४८ पुगेको छ ।

यस्तै गत २४ घन्टामा विश्वभर २ हजार ६ सय २८ जनाको कोरोनाका कारण मृत्यु भएको छ । 

गत २४ घन्टामा सबैभन्दा धेरै रुसमा ३ सय ४०, दक्षिण कोरियामा ३ सय ३९, जर्मनीमा  १ सय ८७, इटलीमा १ सय २९, अमेरिकामा १ सय ५० र ब्राजिलमा १ सय २७ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाका कारण ६१ लख ७३ हजार ८ सय ९ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

यस्तै गत २४ घन्टामा विश्वभर रहेका सक्रिय सङ्क्रमितमध्ये थप ९ लाख ७९ हजार २ सय ३१ जना स्वस्थ भएका छन् । योसँगै हालसम्म विश्वभर कोरोनाका कारण सङ्क्रमित भएकामध्ये निको हुनेको सङ्ख्या ४२ करोड ५५ ४६ हजार ८ सय ९६ पुगेको छ । 
 

Last modified on 2022-04-04 07:45:08


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts