चीनको सांघाईमा कोरोना संक्रमण तिव्र भएपछि दोश्रो चरणको लकडाउन



Download our app to get more features

ऐजेन्सी,२२ चैत । चीनको सांघाईमा कोरोना संक्रमण तिव्र भएपछि दोश्रो चरणको लकडाउन गरिएको छ । 

सोमबार चीनमा कुल १६ हजार ५ सय ९० नयाँ संक्रमित भेटिए जसमा १२ सय ३५ संक्रमितमा लक्षण पाइएको छ । त्यसमध्ये  सांघाईमा  सबैभन्दा धेरै संक्रमित भेटिएका छन् । यस्तै १५ हजार ३ सय ५५ मा कुनै पनि लक्षण देखिएको छैन्। 

कोरोना संक्रमण तिव्र भएपछि सांघाईमा दोश्रो चरणको लकडाउन गरिएको छ । त्यहाँका २ करोड ६० लाख मानिस घरमै बस्न वाध्य छन् ।

कोरोना संक्रमण देखिन थालेपछि सांघाईमा यसअघि नै शैक्षिक संस्था बन्द गरिएको थियो ।

सन् २०१९ मा चीनको बुहानबाट कोरोना भाइरस संक्रमण सुरु भएको थियो ।

Last modified on 2022-04-06 11:21:41


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts