चीनमा कोरोना संक्रमितको संख्या बढ्दो,बुधबार २० हजारभन्दा बढी संक्रमित भेटिए



Download our app to get more features

एजेन्सी,२३ चैत । पछिल्लो समय चिनमा कोरोना संक्रमितको संख्या बढ्दो छ । बुधबार मात्रै चिनमा २० हजारभन्दा बढी संक्रमित भेटिएका छन् ।

चिनमा कोरोना महामारीको सुरुवात पछिकै ठूलो संख्या हो । कोरोना संक्रमण बढेकै कारण चिनको सांघाई सहरमा लकडाउन घोषणा गरिएको छ । 

त्यहाँको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार बुधबार मात्र २० हजार ४ सय ७२ जना नयाँ संक्रमित भेटिएका छन् । त्यस्तै, पछिल्लो २४ घन्टामा संक्रमणबाट कसैको मृत्यु नभएको बताइएको छ । अधिकांशमा लक्षण देखिएको छैन् । 

संक्रमण नियन्त्रण गर्न स्वास्थ्य अधिकारीहरूले कडाइ गरिरहेका छन् । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts