विश्व स्वास्थ्य दिवसको अवसरमा क्रिस्टल डायग्नोस्टिकको  नि:शुल्क स्वास्थ्य शिविर



Download our app to get more features

काठमाडौं,२५ चैत । विश्व स्वास्थ्य दिवसको अवसरमा निजी क्षेत्रबाट सञ्चालित क्रिस्टल डायग्नोस्टिक सेन्टरले नि:शुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ।

सिनामंगलस्थित क्रिष्टल डाइग्नोस्टिक ल्याबले २४ देखि ३१ गते सम्म केही ल्याब परिक्षणहरुमा नि:शुल्क साथै केहीमा ५० प्रतिशत छुटको समेत व्यवस्था गरेको छ।

क्रिष्टल डाइग्नोस्टिक ल्याबका प्रबन्ध निर्देशक रवीन्द्र केसीले स्वच्छ वाताबरण स्वच्छ नेपाली भन्दै क्रिस्टलले स्वास्थ्य  क्षेत्रमा दिएको छुटमा सम्पूर्णले लाभ लिई स्वस्थ रहन आग्रह गरेका छन् ।

दिवसका अवसरमा चिकित्सा सेवा लगायत, ब्लडग्रुपिङ, बिपिजाँच, आरबिएस, बिएमआइ लगायत परिक्षण नि:शुल्क गरेको छ। त्यस्तै आरएफटी, एलएफटी,टिएफटी, सिबिसी लगायत परिक्षणमा ५० प्रतिशत छुटको व्यवस्था गरेकोछ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts