भारतमा आजदेखि कोरोनाविरुद्धको खोपको बुस्टर मात्रा लगाइँदै, १८ वर्षमाथिका सबैले लगाउन पाउने



Download our app to get more features

एजेन्सी, २७ चैत । भारतमा आजदेखि कोरोनाविरुद्धको खोपको बुस्टर मात्रा लगाउन सुरु हुँदैछ । 

भारत सरकारले कोरोनाविरुद्ध खोपको पूर्ण मात्रा लगाएको ३ महिना पूरा भएका १८ वर्षभन्दा माथिका सबै नागरिकलाई लगाइने बताएको छ । 

मन्त्रालयले निजी खोप केन्द्रले बुस्टर डोजको मूल्य १ सय ५० रुपैयाँसम्म लिनसक्ने गरी तोकेको छ । तर, स्वास्थ्य कार्यकर्ता, फ्रन्टलाइनमा खटिएकाहरू र ६० वर्षभन्दा माथिका नागरिकले सरकारी खोप केन्द्रमा निःशुल्क बुस्टर डोज लगाउन पाउनेछन् ।

बुस्टर डोजमा यसअगाडि लगाएकै खोप लगाउनुपर्ने मन्त्रालयले जनाएको छ । 

राज्य र केन्द्रशासित प्रदेशमा भने १२ वर्षभन्दा माथिका बालबालिकालाई पहिलो र दोस्रो डोज खोप दिने कार्यमा तीव्रता ल्याउन मन्त्रालयले निर्देशन दिएको छ ।

सरकारी खोप केन्द्रमा निःशुल्क रुपमा पहिलो र दोस्रो डोज खोप लगाउने कार्य पनि जारी रहने जनाइएको छ । 

Last modified on 2022-04-13 16:54:51


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts