नर्भिकले आफ्नो वार्षिकोत्सवको अवसरमा निःशुल्क क्यान्सर स्क्रिनिङ क्याम्प चलाउने



Download our app to get more features

काठमाडौ, ३० चैत । नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो २९ औं वार्षिकोत्सवको अवसरमा १० जना विशेषज्ञहरूलाई सहभागी गराई वृहत्त क्यान्सर स्क्रिनिङ क्याम्प सञ्चालन गर्ने भएको छ ।

नर्भिक अस्पतालले आगामी भोलिदखि आफ्नो २९ औं वार्षिकोत्सव मनाउँदैछ । सोही अवसरमा अस्पतालले आगामी शनिवारका दिन निःशुल्क क्यान्सर स्क्रिनिङ क्याम्प सञ्चालन गर्ने भएको हो ।
 
क्यान्सरसँग सम्बन्धित १० जना विशेषज्ञ डाक्टरहरूलाई एकैपटक फ्री क्याम्पमा सहभागि गराउने अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले जानकारी दिए । 

क्याम्पमा क्यान्सरसँग सम्बन्धित विशेषज्ञ चिकित्सकहरू डा. एलिजा श्रेष्ठ, डा.बानिरा कार्की, डा. दीप लामिछाने, डा. सुदीप शाक्य, डा. सुचित्रा तुलाधार, डा. आरोग्य कँडेल, डा. रमिला डंगोल, डा.श्वेता बराल र डा. विवेक खनालको सहभागिता रहनेछ । 

क्यान्सर विशेषज्ञहरूको यो टिमले शनिवार बिहान १० बजेदेखि मध्यान्ह १२ बजेसम्म निःशुल्क सेवा दिनेछ ।

नर्भिकले विगत केही महिनादेखि प्रत्येक शनिवार निःशुल्क ओपिडी सेवा दिँदै आएको छ । आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत हरेक हप्ताको शनिवार विशेषज्ञहरूलाई निःशुल्क ओपिडी सेवामा परिचालन गर्ने गरिएकोमा आउने साता भने क्यान्सरको वृहत क्याम्प नै संचालन हुन लागेको हो । 

क्यान्सर स्क्रिनिङको वृहत क्याम्पमा सहभागी भई निःशुल्क सेवा लिन चाहनेले नर्भिक अस्पतालको कल सेन्टरको नम्बर ५९७००३२ तथा ह्वाट्स वा भाइबरबाट नाम टिपाउन चाहनेले ९८८०८८८००० मा सम्पर्क गरेर आफ्नो नाम अग्रिम टिपाउन सक्ने सुविधा समेत उपलब्ध गराइएको अस्पतालले जनाएको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts