भारतको दिल्लीमा कोरोना सङ्क्रमणको दर बढ्यो, चीनको साङ्घाईमा प्रहरी र सर्वसाधारणबीच झडप



Download our app to get more features

एजेन्सी, ३ वैशाख । भारतको राजधानी दिल्लीमा कोरोनाभाइरसका कारण सङ्क्रमित हुने क्रम बढ्न थालेको छ । जसका कारण होम आइसोलेसनमा बस्नेको सङ्ख्या एक सातामै ४८ प्रतिशत पुगेको छ । 

भारतीय सञ्चार माध्यमहरूका अनुसार बिहीवार होम आइसोलेसनमा बस्नेको सङ्ख्या ५ सय ७४ रहेकोमा शुक्रवार एकैदिन ३ सय २५ नयाँ सङ्क्रमित फेला परेका छन् । 

पछिल्लो केही दिन यता दिल्लीका विभिन्न विद्यालयमा विद्यार्थी र शिक्षकहरूमा सङ्क्रमण पुष्टि हुने क्रम बढेको पनि बताइएको छ ।

उता, चीनको साङ्घाई क्षेत्रमा प्रहरी र सर्वसाधारणबीच झडप भएको छ । कोरोना सङ्क्रमणको दर बढ्दै गएपछि तीन साता अघि जारी गरिएको लकडाउनका कारण लाखौं मानिस घरमै बन्द भएका छन् । 

दैनिक २० हजारभन्दा बढी नयाँ सङ्क्रमित फेला पर्न थालेकाले उनीहरूलाई आइसोलेसनमा राख्ने ठाउँको अभाव भएपछि सर्वसाधारण र प्रहरीबीच झडप भएको बताइएको छ । 

बीबीसीले लेखे अनुसार सर्वसाधारणलाई घरबाट बाहिर निकालेर प्रहरीले आवासलाई क्वारेन्टाइन बनाउन खोजे पछि झडप भएको हो ।

लकडाउनका कारण साङ्घाईमा खाद्यान्न लगायतका सामग्रीको अभाव हुन थालेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले लेखेका छन् ।

Last modified on 2022-04-17 10:27:19


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts