भारतमा  एकैदिन कोरोना संक्रमितको संख्यामा १७ प्रतिशतले वृद्धि



Download our app to get more features

ऐजेन्सी,४ वैशाख । भारतमा  एकैदिन कोरोना संक्रमितको संख्यामा १७ प्रतिशतले वृद्धि भएको छ । 

भारतमा पछिल्लो २४ घन्टामा कोरोनाभाइरसका १ हजार १ सय ५० नयाँ संक्रमित भेटिएका छन् । यो शनिबारको तुलनामा १७ प्रतिशतले वृद्धि हो ।

त्यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घन्टामा भारतमा ४ जनाको मृत्यु भएको छ । भारतमा कोरोना संक्रमितको कूल संख्या ४।३० करोडभन्दा बढी पुगेको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts