चीनको सांघाईमा तीन दिनमा कोरोनाबाट १७ जनाको मृत्यु



Download our app to get more features

ऐजेन्सी,७ वैशाख । चीनको सांघाईमा कोरोनाबाट बुधबार थप ७ जनाको मृत्यु भएको छ । योसँगै सांघाईमा कोभिडबाट मृत्यु हुनेको सङ्ख्या १७ पुगेको छ । 

यसअघि सांघाईमा कोरोनाबाट सोमबार ३ र मंगलबार ७ जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य आयोगले जनाएको थियो ।

तीव्र रूपमा फैलिएको ओमिक्रोन भाइरसका कारण साढे दुई करोड जनसङ्ख्या भएको सांघाईमा सङ्क्रमितको सङ्ख्या दिनहुँ बढिरहेको छ । महामारीसँग जुध्न सरकारले कडा प्रतिबन्ध र सामूहिक परीक्षणको दायर बढाएको छ । 

पछिल्लो पटक मृत्यु भएका सातै जना दीर्धरोगी भएको बताइएको छ । अधिकारीहरूका अनुसार उनीहरू फोक्सोको क्यान्सर र सुगरबाट पनि पीडित थिए । मृत्यु भएकामध्ये पाँच जना ७० वर्षमाथिका रहेका बताइएको छ । 

Last modified on 2022-04-22 12:04:48


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts