भारतमा कोरोना संक्रमितको संख्या दैनिक बढ्दै 



Download our app to get more features

काठमाडौं,९ वैशाख । भारतमा कोरोना संक्रमितको संख्या दैनिक बढ्दो छ । विगत केही महिनायता न्यून विन्दुमा पुगेको संक्रमण पुन बढ्दो संख्यामा देखिएको हो ।

भारतमा गत २४ घन्टामा २ हजार ४ सय ५१ मा कोरोना संक्रमण देखिएको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा कुल  संक्रमितको संख्या ४ करोड ३० लाख ५२ हजार ४ सय ५२ पुगेको छ । 

त्यस्तै  गत २४ घन्टामा कोरोनाबाट थप ५४ जनाको मृत्यु भएको छ । त्योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ५ लाख २२ हजार १ सय १६ पुगेको छ ।

मन्त्रालयले भारतमा अझै पनि सक्रिय सङ्क्रमित संख्या १४ हजार २ सय ४१ रहेको छ । भारतमा केही महिनायताबाट सक्रिय  संक्रमित  घट्ने क्रम जारी रहेको थियो । तर केही दिनयताबाट सक्रिय सङ्क्रमति बढेको पाइएको छ। 

Last modified on 2022-04-23 16:37:13


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts