भारतमा २ हजार ५ सय ९३ जना कोरोनाको नयाँ संक्रमित भेटिए



Download our app to get more features

ऐजेन्सी,११ वैशाख । भारतमा पछिल्लो २४ घन्टामा २ हजार ५ सय ९३ कोरोनाका नयाँ संक्रमित भेटिएका छन् ।

शनिबार भारतमा कोरोनाका २ हजार ५ सय २७ नयाँ संक्रमित भेटिएका थिए भने ३३ जनाको मृत्यु भएको थियो । भारतमा यतिबेला कोरोनाका कुल संक्रमितको संख्या ४.३० करोडभन्दा बढी पुगिसकेको छ । 

यस्तै, दिल्लीमा शनिबार कोरोना संक्रमितका १ हजार ४२ नयाँ संक्रमित भेटिएका थिए । दिल्लीमा पोजिटिभिटी दर ४.८२ प्रतिशत पुगेको छ ।

Last modified on 2022-04-24 17:51:06


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts