अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस कोरोना सङ्क्रमित



Download our app to get more features

एजेन्सी, १४ वैशाख । अमेरिकाकी उपराष्ट्रपति कमला ह्यारिस कोरोना सङ्क्रमित भएकी छन् । 

कोरोनासँग सम्बन्धित लक्षणहरू देखिए पछि उनले कोरोना परीक्षण गराएकी थिइन् । कोरोना सङ्क्रमण रिपोर्ट पोजेटिभ आएपछि उनले आफूलाई सेल्फ क्वारेन्टाइनमा राखेकी छन् । 

चिकित्सकहरूले उनलाई आराम गर्न सुझाव दिएका छन् । कोरोना सङ्क्रमण पुष्टि भएपनि गम्भीर लक्षण भने देखिएको छैन । 

अमेरिकी राष्ट्रपति कार्यालय व्हाइट हाउसका अनुसार केही दिन अघि मात्रै राष्ट्रपति जो बाइडन उपराष्ट्रपति ह्यारिससँग सम्पर्कमा आएकाले उनी पनि हाल क्वारेन्टाइनमा छन् । 

उपराष्ट्रपति ह्यारिससँग सम्पर्कमा आएका सबैलाई कोरोना परीक्षण गराउन पनि भनिएको छ ।

Last modified on 2022-04-27 16:58:41


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts