तपाईंको बच्चामा घुर्ने समस्या छ ? जानौं बच्चामा हुने घुर्ने समस्या र जोगिने उपायबारे



Download our app to get more features

घुर्ने समस्या बच्चाहरुमा भन्दा बढी वयस्क मान्छेहरुमा देखिन्छ । बच्चाहरुमा घुर्ने समस्या भयो भने उसको निद्रा बिग्रिन्छ । जुन अभिभावकका लागि चिन्ताको विषय हुन सक्छ । किनकी राम्रो निद्राले बच्चाको मानसिक विकासमा पद्दत पुर्याउने काम गर्छ ।

घुर्ने समस्या के हो ? 

सुत्ने बेलामा जब हामी श्वास लिन्छौ तब त्यो हावा राम्रोसँग श्वास नलिमा नगई त्यसले हाम्रो मुखको पछाडीको भाग जस्तै नरम तालु, थथुनालाई कम्पन गरायो भने घुर्ने आवाज निस्कन्छ ।

कुनै बच्चमा घुर्ने समस्या कहिले काहीँ मात्र देखा पर्छ भने कसै कसैमा बारम्बार देखा पर्छ । जसले गर्दा उसको निद्रा बिग्रन्छ । यस्तै घुर्ने समस्यालाई स्लिप डिसअर्डर ब्रिद्रिङ्ग (Sleep Disorder Breathing) भनिन्छ । SDB दुई भागमा बाड्न सकिन्छ ।

१) Primary Snoring : जब कुनै बच्चा हप्ताको दुई रातभन्दा धेरै घुर्छ तर, उसमा घुर्ने कारणले कुनैपनि मानसिक र शारीरिक समस्या देखिँदैन ।

२) Obstructre Sleep Apnea (OSA) : यो भनेको जब कुनै बच्चा राति सुत्दा उसको श्वास १० वा त्योभन्दा बढी सेकेन्ड बन्द हुन्छ (Apnea) र यस्तो एक रातमा धेरै पटक हुन्छ ।यो समस्या श्वास नलिमा श्वास जान नसकेर हुने गर्छ । 

कति प्रतिशत बच्चामा घुर्ने समस्या हुन्छ ?

१० प्रतिशत बच्चाहरु कहिलेकाहीँ मात्र घुर्छन । २५ देखि ४० प्रतिशत बच्चाहरुमा SDB देखा पर्छ र २ देखि ४ प्रतिशत बच्चाहरुमा मात्रै OSA हुन्छ ।

बच्चाहरुमा घुर्ने समस्याका कारणहरु : श्वास नलिमा हावा जान सकेन र हाम्रो मुको पछाडीको अंगहरु कम्पन भयो भने घुर्ने आवाज निस्कन्छ ।

बच्चाहरुमा देखिने मुख्य कारणहरु :

१) ठूलो टन्सिल र एडेनोइड: टन्सिल र एडेनोइड शरीरको प्रतिरक्षा प्रणालीको एउटा अंगहरु हुन् । जुन घाँटीको संक्रमण भएपछि यीनिहरु ठूलो हुने र श्वास नलिमा श्वास जानबाट रोक्छन् । जसले गर्दा घुर्ने समस्या हुन्छ । यो नै बच्चाहरुमा घुर्ने समस्याको पंमुख कारण हो ।

२) मोटोपनाः मोटोपना बच्चाहरुमा श्वास लिने भागहरु बोसेले गर्दा खुम्चिएका हुन्छ । जसले गर्दा श्वास राम्रोसँग श्वास नलिमा जान सक्दैन र घुर्ने समस्या देखिन्छ ।

३) नाकका मासुहरु सुन्निनुः भाइरल इन्फेक्शनले नाकको मासुहरु सुन्निने गर्छ । साथै टन्सिल र एडेनोइड लाई ठूलो बनाउन सक्छ । जसले गर्दा श्वास राम्ररी श्वास नलिमा पुग्न सक्दैन ।

४) एलर्जीः एलर्जीले गर्दा नाकको मासुहरु सुन्निन्छ र श्वास लिन गाह्रो हुन्छ ।

५) नाकको हड्डी बाङ्गिनु: नाकको हड्डी बाङ्गिदा बच्चालाई नाकबाट श्वास लिन गाह्रो हुन्छ । जसले गर्दा उसले मुखबाट श्वास लिन थाल्छ र घुर्ने समस्या हुन्छ ।

६) आमाबुबाले चुरोटको सेवन गर्नुः आमाबुबाले बच्चाको अगाडी चुरोटको सेवन गर्दा बच्चाहरुमा एलर्जीको समस्या हुन्छ । साथै यस्ता बच्चाहरुमा घुर्ने समस्या पनि हुन सक्छ ।

७) प्रदूषणः प्रदूषणले गर्दा नाकको मासुहरु सुन्निने, एलर्जी हुने हुन्छ । जसले गर्दा श्वास नलिमा श्वास जान गाह्रो हुन्छ र बच्चाहरुमा घुर्ने समस्या देखिन्छ ।

८) स्तनपान कम समय गराएमाः जुन बच्चाले स्तनपान कम गरेको हुन्छ उसको घाटी, नाक, मुखको विकास राम्रोसँग भएको हुँदैन । र, श्वास नलिहरु खुम्चिएका हुन्छन् । जसले गर्दा यस्ता बच्चाहरुमा घुर्ने समस्या देखा पर्न सक्छ ।

घुर्ने समस्या बच्चाहरुको लागि कति खतरनाक हो भने कहिलेकाहीँ मात्र घुर्ने साधारण मानिन्छ । तर, क्म्द्य भएको बच्चाहरुमा अरु स्वास्थ्य समस्याहरु देखा पर्न सक्छन् । यदि क्म्द्य भएको बच्चाहरुमा अरु स्वास्थ्य समस्याहरु देखा पर्न सक्छन् । यदि CDB ले बच्चाहरु राम्ररी सुत्न सकेनन् भने निम्न स्वास्थ्य समस्याहरु आउन सक्छन् :

१) बच्चाहरुमा चिढचिढापन बढ्नु र दिउँसो थकित देखिनु

२) बच्चाहरुको व्यवहारमा समस्या देखिनु

३) पढाईमा गाह्रो हुनु र स्कुलमा राम्रो प्रदर्शन नगर्नु

४) बच्चााको राम्रोसाग रारिकीर विकास नहुनु

५) मोटोपना हुनु

६) रक्तचाप बढ्नु OSA भएको बच्चाहरुमा शरीरलाई चाहिने अक्सिजन राति सुत्दा पुग्दैन जसले गर्दा उसको मानसिक विकास, शारिरीक विकासमा कमी आउँछ र मुटुको रोग, मेटाबोलिक डिसअर्डरहरु हुन सक्छन् ।

घुर्ने समस्याले बच्चालाई मात्र नभई उसँग सुत्ने उसको भाइबहिनी र आमाबुबामा पनि निद्रा नपुगेर नकारात्मक असर पर्न सक्छ ।

कुन कुन अवस्थामा घुर्नेलाई सामान्य लिनु हुँदैनः

१) एक हप्तामा २ वा धेरै सामान्य लिनु हुँदैन

२) घुर्नुको साथै श्वास बन्द भएमा 

३) राति राम्ररी नसुतेमा वा बारम्बार उठेमा

४) ओछ्यानमा पिसाब गर्ने बानी भएमा

५) राति सुत्दा दाँत किट्किटाउने बानी भएमा

६) सुत्दा unusual sleep position

७) बिहान उठ्दा जहिले टाउको दुखेमा

८) दिनभरी धेरै निद्रा लागेमा

९) पढाइमा ध्यान दिन नसकेमा

१०) उमेर अनुसारको तौल नबढेमा

११) मोटोपना भएमा

उपचारः सको उपचार नाक, कान, घाँटीको डाक्टरले गर्छ । बहिरंगमा आएपछि बच्चाको नाक, कान, घाँटी, तालु, छातीको पछाडीको भाग (throt) मुखको बनावट, दाँतहरु राम्ररी हेरिन्छ । आवश्यक परेमा OSA को लागि स्लीप स्टडी पनि गर्न सकिन्छ ।

१) सर्जरी : SOB को सबैभन्दा प्रमुख कारण टन्सिल र एडेनोइड ठूलो भएर भएकोले यो दुबै अंगहरुलाई निकाल्ने सर्जरी गरिन्छ । जसलाई adentonsillectory  भनिन्छ । यसले धेरै बच्चाहरुको घुर्ने र OSA को समस्यालाई समाधान गर्छ ।

२) Positive Pressure Anyway Device : यो धेरै जसो वयस्क मान्छेहरुमा प्रयोग हुने उपकरण हो । तर, बच्चाहरुमा टन्सिल र एडेनोइड निकालेर पनि OSA को समस्या देखियो भने पीपीए डिभाइस प्रयोग गर्न सकिन्छ ।

३) तौल कम गर्ने : मोटोपनाले गर्दा घुर्ने समस्या हुन्छ । त्यसैले तौल कम गर्ने काम गर्नुपर्छ । यसले बच्चाहरुमा घुर्ने समस्या कम हुँदैछ ।

४) एलर्जीको उपचार गर्नेः एलर्जीको उपचारले नाकमा सुन्निएको मासुहरु सानो भएर जान्छ र नाकबाट श्वास लिन सजिलो हुन्छ । जले गर्दा घुर्ने समस्या बन्द हुन्छ ।

५) स्लीप आइजिनः बच्चाहरुको सत्ने एउटा निश्चित तालिका बनाउनु पर्छ । सुत्ने बेलामा कोठाहरुको बत्ती निमाइदिनु पर्छ । सुत्ने बेलामा टीभी र मोबाइल अफ गरिदिनु पर्छ र सुत्ने कोठा शान्त र सहज बनाइदिनु पर्छ ।

निष्कर्स : राम्रो निद्रा बच्चाहरुको शारीरिक र मानसिक विकासको लागि धेरै महत्त्वपूर्ण छ । त्यसैले कुनैपनि बच्चा घुर्छ र राम्ररी सुत्दैन भने अभिभावकहरु चिन्तित हुन्छन् । घुर्ने समसयाको प्रकार, कारण र यसले शरीमा हुन सक्ने हानी र यसको समाधान अभिभावकले राम्ररी बुझेमा यो रोगको निदान गर्न सकिन्छ । जसले गर्दा बच्चाहरुले राम्रो र मिठो निद्रा लिन सक्छन् ।

 

Last modified on 2022-04-29 09:59:58


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts