भारतमा पछिल्लो २४ घन्टामा ३ हजार बढी नयाँ संक्रमित भेटिए



Download our app to get more features

ऐजेन्सी,१५ वैशाख । भारतमा पछिल्लो २४ घन्टामा  ३ हजार ३ सय ३ कोरोनाको नयाँ संक्रमित भेटिएका छन् ।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार  सो समयमा नै कोरोना संक्रमणबाट ३९ जनाको मृत्यु भएको छ । भारतमा अहिलेसम्म कोरोनाका कारण हुने मृत्यु हुनेको संख्या ५ लाख २३ हजार ६ सय ९३ पुगेको छ । 

त्यस्तै २ हजार ५ सय ६३ कोरोना संक्रमित  निको पनि भएका छन् । भारतमा अहिले १६ हजार ९ सय ८० सक्रिय संक्रमित रहेका छन् । 

भारतमा पछिल्लो समय कोरोनाभाइरसका नयाँ संक्रमितमा एकपटक पुनः तीब्रता आएको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts