मातातीर्थ औँसी

यसरी राख्नुहोस् आमाको स्वास्थ्यको ख्याल



Download our app to get more features

आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन । आजको दिन सबै सन्तानले आफ्नो जन्म र कर्म दिने आमाको मुख हेरेर मिठो खाने कुरा र उपहार दिएर मनाउने गर्छन् । आमा नभएकाहरु आमातीर्थ कुण्डमा गएर यो दिन मनाउने गर्छन् । 

मातातीर्थ औँसी मनाइरहँदा आमाको स्वास्थ्यलाई तपाईंले कतिको ख्याल गर्नुहुन्छ भन्ने पनि आवश्यक हुन्छ ।  मातातीर्थका दिन आमालाई दिइने उपहार उनको जीवनभरि नै ख्याल गर्नु हो । आमाको स्वास्थ्यको ख्याल तपाईंले सँधैभरि गरिरहनुभयो भने आमालाई आजको दिन मात्रै ख्याल गर्नुपर्दैन । 

आमाको लामो आयू र स्वास्थ जीवन चाहनुहुन्छ भने उनको स्वास्थ्यको साथै उनको खुशि र उनलाई के मन पर्छ भन्ने कुराको पनि ध्यान राख्नुपर्छ । आमा जसले तपाईंलाई जन्म दिन्छन् उनको स्वास्थ्यको लागि तपाईं सँधै सचेत रहनुपर्छ । कुनैपनि समय उनले भनेको र उहाँले चाहेको कुराको विशेष ध्यान राख्ने हो भने उहाँ सँधै खुशी रहनु हुन्छ । त्यति मात्र नभई उनको खानपानमा पनि विशेष ध्यान दिनुपर्छ । जसले उनलाई कुनै रोगले आक्रमण नगरोस् । 

कुनैपनि व्यक्तिको स्वास्थ्यलाई सँधै राम्रो बनाइराख्नु छ भने उनको खानपान र खुशिको नै  विशेष ध्यान राख्नुपर्छ । मातातीर्थ औँसीका दिन आमालाई कस्तो खाना र उपहार दिने ? जानौं प्रा.डा.दिनेश कुमार लम्सालको यो टिप्सः
सबैभन्दा पहिले आमाको स्वास्थ्यको बारेमा विशेष ध्यान दिनुपर्छ

खानाका परिकार बनाउँदा आमाको स्वास्थ्यलाई ध्यानमा राखेर बनाउनुपर्छ

चिल्लो, मसालेदार, अत्यधिक गुलियो, रातो मासु, ग्यास्ट्रिक गराउने र रोग बल्झाउने खालको खानेकुरा दिनुहुँदैन

फलफूल, हरियो साग, तरकारी, दूध, ताजा फलको जूश जस्ता सन्तुलित आहार दिनुपर्छ

खाना बनाउँदा खाना अपच हुने खालको खाना पनि बनाउनु हुँदैन

उपहार दिँदा महँगा खालका भन्दा पनि उनलाई कतै घुम्न जान मन छ वा के कुराले उनलाई खुशि भेट्छ त्यस्ता कुरामा ध्यान राखेर उपहार दिनुपर्छ ।

अन्तिममा पछिल्लो समय कोरोना महामारी लगायत विभिन्न रोगको जोखिम पनि रहेकाले आमाको स्वास्थ्यको विशेष ख्याल गर्नुपर्छ । आमाको शरीरको क्षमता र उहालाई सहजै पच्ने खालका खानेकुरा दिनुपर्छ । जसले गर्दा रोगसँग लड्नो क्षमताको विकास होस् । 

Last modified on 2022-05-02 11:57:28


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts