भारतमा पछिल्लो २४ घन्टामा २ हजार ५ सय ६८ कोरोनाका नयाँ संक्रमित भेटिए



Download our app to get more features

एजेन्सी,२० वैशाख । भारतमा पछिल्लो २४ घन्टामा २ हजार ५ सय ६८ कोरोनाका नयाँ संक्रमित भेटिएका छन् । यो अघिल्लो दिनको तुलनामा १८।७ प्रतिशत कम हो ।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार सोही समयमा नै कोरोनाबाट भारतमा  २० जनाको मृत्यु भएको छ । भारतमा कोरोनाका कारण हालसम्म ५ लाख २३ हजार ८ सय ८९ जनाले ज्यान गुमाइसकेका छन् ।

भारतमा सबैभन्दा धेरै कोरोना संक्रमित दिल्लीमा १० हजार ७ सय ६०, हरियाणामा ४ हजार ३ सय ९०, केरल २ हजार ५ सय ,उत्तर प्रदेशमा १ हजार ९ सय ३ र कर्नाटक १ सय ११ देखिएका छन् । नयाँ कोभिड संक्रमितमध्ये ८०.५८ प्रतिशत यी पाँच राज्यबाटै देखिएका छन् ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts