चिनको सांघाइ सहरमा कोरोना संक्रमितको संख्या घट्यो 



Download our app to get more features

एजेन्सी,२० वैशाख । चिनको सांघाइ सहरमा कोरोना भाइरसका सङ्क्रमित घटेका छन् । सांघाइमा गत २४ घन्टामा २ सय ७४ जनामा मात्र कोरोना संक्रमण देखिएको छ । 

सांघाइका स्वास्थ्य अधिकारीहरूले त्यहाँ अहिले पनि ५ हजार भन्दा बढी सक्रिय सङ्क्रमित भने रहेका बताएका छन् । 

यसअघि हरेक दिन कम्तीमा पनि एक हजार जना संक्रमित पाइने गरेकामा अहिले त्यसमा कमी आएको हो । यहाँको म्युनिसिपल हेल्थ कमिसनले सांघाइमा पछिल्ला केही दिनमा कोरोनाका संक्रमितहरु घट्दै गएको बताएका हुन् ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts