पुरुषमा हुने प्रोस्टेटको समस्या के हो ? जानौं



Download our app to get more features

पुरुषको पिसाबथैली र लिङ्गको बिचमा रहेको ग्रन्थीलाई प्रोस्टेट भनिन्छ । यो ४० वर्ष नाघेका पुरुषमा लाग्ने सम्भावना बढी हुन्छ । प्रोस्टेटले एक प्रकारको तरल पर्दाथ उत्पादन गर्छ जसले शुक्रकिटलाई बचाउँछ ।

लक्षण : प्रोष्टेट समस्या हुँदा सबै मानिसमा एकै प्रकारको लक्षण नदेखिन सक्छ । उमेर, प्रोस्टेटको साईज अनुसार फरकफरक हुन्छ ।   

छिनछिनमा पिसाब लाग्ने   

राती पिसाब गर्न उठिरहनु पर्ने   

पिसाब फेर्ने गारो हुने   पिसाबको धारा सानो हुने 

पिसाब गरिसकेपछि अझै बाँकी भएको जस्तो अनुभव हुन्छ ।

अन्य कारण  :

पिसाब नलीको संक्रमण     

प्रोस्टेटको संक्रमण     

पिसाब नली साँघुरिदै जानु     

पहिलाको अपरेसनपछि पिसाब थैलीमा दाग बस्नु     पिसाब थैली र मिर्गाैलाको पत्थरी   

पिसाब थैलीको नसाको समस्या:     

प्रोस्टेट र पिसाब थैलीको क्यान्सर माथि उल्लेखित कुनै समस्या देखिएा डाक्टरलाई भेट्ने र डाक्टरको सल्लाह बमोजिम उपचार गर्ने । यदि पिसाब रोकिएमा चाडो भन्दा चाडो डाक्टरलाई भेट्ने ।  

कारण :प्रोस्टेट पिसाब थैलीको ठिक तल रहेको हुन्छ जसको बिचबाट पिसाब नली गएको हुन्छ । जुन बेला प्रोस्टेट बढेर ठुलो हुन्छ त्यसपछि पिसाब रोकिन सुरु हुन्छ । 

जोखिमका कारक तत्व उमेर : प्रायः जसो ४० वर्ष नाघेका पुरुषमा यो समस्या देखिएको पाईन्छ । वंशानुगत :  वंशानुगत रुपमा पनि यो रोग लाग्ने हुन्छ । बुबा वा दाईलाई छ भने छोरा वा भाईलाई लाग्ने सम्भावना हुन्छ ।

जीवनशैली : व्यायाम नगर्ने व्यक्तिमा यो समस्या बढी हुन्छ

जटिलता पिसाब फेर्न नसक्नु:  बढेको मासुको कारण पिसाब नली सानो हुने भएकोले पिसाब फेर्न सकिदैन । त्यसैले पिसाब नलीमा पाईप राखी पिसाब गराइन्छ ।

मुत्र नलीमा संक्रमण: पिसाब थैलीमा भएको पिसाब सबै सकिदैन त्यसले गर्दा मुत्रनलीमा संक्रमण हुन्छ । लगातार मुत्रनलीमा संक्रमण भएको खण्डमा अपरेसन गर्नुपर्छ ।

पिसाब थैलीमा पत्थरी : पिसाब थैलीमा भएको पिसाब सबै नखुलेमा पत्थरी हुने बढी सम्भावना हुन्छ । पिसाब नलीमा संक्रमण हुँदा, पिसाबमा रगत देखिनु जस्ता समस्याले पिसाब थैलीमा पत्थरी हुन्छ ।

मिर्गाैलामा खराबी:  पिसाब राम्रोसँग फेर्न नसकेर जम्मा भएको पिसाबको कारण पिसाबथैलीमा बढी चाप भई मिर्गाैलामा खराबी समेत हुनसक्छ । 

Last modified on 2022-05-04 18:04:42


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts