भारतमा पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट ५४ जनाको मृत्यु



Download our app to get more features

एजेन्सी,२१ वैशाख । भारतमा पछिल्लो २४ घन्टामा ३ हजार २ सय ३९ नयाँ कोरोना संक्रमित थपिएका छन् । सोमबार २ हजार ५ सय ६८ नयाँ संक्रमित भेटिए पनि मंगलबार पुनः कोरोना संक्रमितको संख्या ३ हजार नाघेको छ ।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार सोही समयमा नै कोरोनाबाट ५४ जनाको मृत्यु भएको छ ।  कोरोना संक्रमितको संख्या बढेसँगै सक्रिय संक्रमितको संख्या पनि बढेको छ । 

हाल भारतमा १८ हजार ३ सय १७ संक्रमितको  उपचार भइरहेको छ । सोमबार देशमा १३ हजार १ सय ३७ सक्रिय कोरोना संक्रमित रहेका छन् । योसँगै देशको संक्रमणदर १.२२ प्रतिशत पुगेको छ । 

दिल्ली कोरोनाको हटस्पट बनेको छ, विगत केही दिनदेखि यहाँ १ हजारभन्दा बढी कोरोना संक्रमित देखिएका छन् । मंगलबार दिल्लीमा १ हजार ४ सय १४ नयाँ कोरोना संक्रमित भेटिएका छन् । जबकि यसअघि राजधानीमा १ हजार ७६ जनामा संक्रमण देखिएको थियो । अघिल्लो दिन दिल्लीमा कोरोनाबाट एक बिरामीको मृत्यु भएको थियो । यहाँ कोरोना संक्रमितको संख्या ५ हजार ९ सय ८६ पुगेको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts