शनिवार चितवनमा हुने मुटु तथा फोक्सो रोग समाजको पहिलो राष्ट्रिय सम्मेलनमा के–के हुँदैछ?



Download our app to get more features

चितवन, २२ वैशाख । चितवनमा मुटु तथा फोक्सो रोग सम्बन्धी एकदिने राष्ट्रिय सम्मेलन हुने भएको छ ।

नेपाल राष्ट्रिय मुटु तथा फोक्सो रोग समाजको आयोजनामा पहिलो पटक राष्ट्रिय सम्मेलन हुन लागेको हो । सम्मेलन भरतपुर–१० स्थित होटल सिराइचुलीमा वैशाख २४ गते शनिवार हुने समाजका अध्यक्ष प्राडा मणिप्रसाद गौतमले जानकारी दिए ।

देशभरका चिकित्सकहरूको सहभागिता रहने सो सम्मेलनमा मुटु तथा फोक्सो रोग सम्बन्धी अनुभव आदानप्रदानसँगै नयाँ प्रविधिको बारेमा समेत छलफल गरीने उनले बताए । कार्यक्रममा ३० भन्दाबढी चिकित्सकले मुटु तथा फोक्सो सम्बन्धी विभिन्न रोग, त्यसको निदान तथा उपचार विधि बारे जानकारी दिने छन् । साथै, त्यस बखत उठेका जिज्ञासा तथा प्रश्न माथि छलफल समेत गरिने आयोजकले जनाएको छ । आयोजकका अनुसार शनिवार बिहान ९ बजेदेखि शुरू हुने सम्मेलन साँझ ६ बजेसम्म चल्ने छ ।

नेपाल राष्ट्रिय मुटु तथा फोक्सो रोग समाजको स्थापना सन् २०१६ मा भएको हो । समाजमा अहिले ६० जना भन्दाबढी चिकित्सक आवद्ध रहेका छन् । समाजले यसअघि नै सन् २०१९ मा पहिलो राष्ट्रिय सम्मेलन गर्ने तयारी गरे पनि प्राविधिक कारणवश त्यति बेला हुन सकेको थिएन ।

अहिले नेपालमा मुटु तथा फोक्सो रोग सम्बन्धी विशेषज्ञ चिकित्सक दिन प्रतिदिन थपिँदै गएको भन्दै नयाँ–नयाँ प्रविधिको बारेमा अनुभव आदानप्रदानको माध्यमबाट अब थप प्रभावकारी उपचारमा यो सम्मेलन फलदायी हुने आयोजकको विश्वास छ । 

वंशाणुगत, अस्वस्थकर खानपान र जीवन शैलीका कारण नेपाल लगायत विश्वभर दिन प्रतिदिन मुटुका बिरामी बढ्नुका साथै कयौँले अकालमा मृत्युवरण गरिरहेका छन् ।

Last modified on 2022-05-07 15:48:03

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts