भारतमा तीन करोड बालबालिकाले लगाए कोरोनाविरुद्वको खोप 



Download our app to get more features

एजेन्सी,२८ वैशाख । भारतमा तीन करोडभन्दा बढी बालबालिकाले कोरोना भाइरसविरुद्धको कम्तीमा एउटा खोप लगाएका छन् ।

संघीय स्वास्थ्य मन्त्रालयका अनुसार खोप लगाएका बालबालिका भने १२ देखि १४ वर्षसम्मको उमेरको रहेका छन् । 

खोप लगाएका बालबालिकालाई खोप लगाएर सुरक्षित भएको भन्दै संघीय स्वास्थ्य मन्त्री मनसुख मन्डावियाले बधाइ दिएका छन् ।   

खोप लगाएका बालबालिका मध्ये १ करोड २ लाख २ सय ७२ जनाले दोस्रो खोप पनि लगाएको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ। 

त्यसैगरी १५ देखि १८ वर्षसम्मका भने ५ करोड ८७ लाख ७० हजार ४ सय २८ ले कम्तीमा एउटा खोप लगाएका छन् । ती मध्ये ४ करोड ३३ लाख आठ हजार ६ सय ५१ जनाले दोस्रो खोप लगाएका छन् ।

भारतमा १२ देखि १४ वर्षसम्मका बालबालिकालाई कोरोना भाइरस विरुद्धको खोप लगाउन गत मार्च १६ देखि सुरु गरिएको हो।

Last modified on 2022-05-11 16:31:10


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts